टोपलाल अर्याल – गुल्मी । ०७३ पुस २ गते- जिल्ला प्रसासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेको प्रति प्रजिअ कृष्ण प्रसाद ढुंग्गानाले माफी मागेका छन् । प्रहरी र बन्दकर्ताबीच झडप हु“दा सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी गरी २५ जना घाइते भएका थिए । प्रहरीले अनावश्यक लाठी चार्ज र असुरग्यास प्रहार गरेको भन्दै आन्दोलन परिचालन कमिटीले कडा आपत्ति जनाएपछि आज छलफल भएको थियो । पुस २ गते जिल्ला विकास समितिमा सुरक्षा समिति र आन्दोलन परिचालन कमिटीका बिच भएको छलफलमा प्रजिअ ढुंगानाले आन्दोलनकारी र प्रहरीमा समेत केहि अराजक व्यक्ति हुने भएकाले त्यस्तो पस्थिती आएको जवाफ दिए ।

उनले भोलीका दिनमा प्रहरी र प्रसासनको तर्फबाट त्यस्तो गल्ती नदोह्रयाउने भन्दै माफि मागेका हुन । छलफलमा संसदले मञ्चमा भाषण गरिरहेका बेला असुरग्यास हान्ने र संसदनै घाइते हुनेगरी प्रहरीले लाठी हानेको भन्दै जिल्ला स्तरिय राजनैतिक दलका प्रमुखहरुले प्रजिअ कृष्ण प्रसाद ढुंगानाको कडा आलोचना गरेका थिए । सांसद कमला विकले व्यावस्थापिक संसद सदस्यले समेत कुटाई खाने गरि प्रहरीलाई लाठी चार्ज गर्न आदेश दिने प्रजिअ ढुंगानाको बारेमा संसदमा समेत कुरा उठाउने बताइन् । उनले ०६२÷०६३ सालको जन आन्दोलनमा समेत लाठी चार्ज र असुरग्यास प्रयोग नभएको जिल्लामा शान्तिपुर्ण आन्दोलन हुँदा दुई दर्जन जनता घाइते हुने गरी लाठी चार्ज गर्ने र १५÷१६ वटा असुरग्यास प्रहार गर्ने काम निन्दनीय भएको औल्याइन । आन्दोलन परिचालन कमिटीका संयोजक भुवन प्रसाद श्रेष्टले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गर्नु पर्ने आवश्यकता नै नभएको भन्दै दमन पनि अराजक भएको र परिस्थतीले जनतालाई उत्तेजित गर्ने काम गरेको बताए । आजको सर्वपक्षिय छलफलमा सुरक्षा निकाय र आन्दोलनकारी दुवैको संम्यमता अपनाउने निर्णय भएको छ । साथै घाइतेको उपचारखर्च स्थानीय प्रसासनलेले बेहोर्ने र भौतिक सम्पति क्षेतिको लगत राख्ने लगायतका बिषयमा पनि छलफल भएको छ ।
हिजो भएको झडपमा नेकपा मालेकी सांसद कमला विक सहित आन्दोलनकारी र प्रहरी गरी २५ जना घाइते भएका थिए । साथै जिविसका २ वटा गाडीमा आगजनी भएको थियो । आन्दोलनकारीले जिल्ला विकास समिति र जिल्ला प्रसासनका सिसा फुटाएका थिए । आज पनि बिरोध सभा भएको छ । बिरोध जुलुस सहित बजार परिक्रमा गरेका आन्दोलनकारीले जिल्ला प्रसासन कार्यालय अगाडी टायर बालेर नारा लगाएका थिए । सरकारले संबिधान संसोधन मार्फत पाँच नम्बर प्रदेशलाई अलग्यान लागेको भन्दै १८ दिन देखिको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । साथै तीन दिने आम हडतालको दोस्रो दिन जिल्लाका सम्पुर्ण शैक्षिक संस्था, उद्योग व्यावसाय, कलकारखाना, यातयात सवै ठप्प भएका छन् ।
गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, लगायतको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने प्रतिबद्धता सवैले गरेका छन् ।


लिलामी जित्ने व्यक्तिले अर्काे महिना इबान्कासँग कफी डेट जान पाउने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । इबान्काले ति ब्यक्तिसँग ३५ देखि ४० मिनेटको समय बिताउनेछिन् । यो क्रममा उनीसँग लिलाम जित्नेले फोटो र सेल्फीसमेत लिन सक्नेछन् । यसबाट प्राप्त भएको रकम इबान्काले भाइ एरिकको च्यारिटी ट्रस्टलाई दिनेछिन् ।